काठमाडौं, सुपर लघुवित्त वित्तीय संस्थाले प्रथम वार्षिक साधारण सभा असार ३१ गते बोलाएको छ ।
सभा एकान्त होटल, तुलसीपुर, दाङमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको चयन गर्ने रहेको छ ।
कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया