एनआईसी एशियाको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामीमा आवेदन दिने आज अन्तिम दिन, कुनकोे मूल्य कति ?

शुक्रबार, ११ असार २०७८, ११ : ३३

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

बैंकले असार ६ गते, आइतबारबाट मेरो माइक्रोफाइनान्सको ५९ हजार ६ सय ६८ कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० हजार ६ सय ९६ कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला गरेको छ । 

त्यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८६ हजार १ सय ९५ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ५ सय ७० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मेरो माइक्रोफाइनान्सको मूल्य ५७५ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको ४४४ रूपैयाँ, आरएमडीसी लघुवित्तको ४७७ रुपैयाँ र महुली लघुवित्तको ७६८ रुपैयाँ रहेको छ ।  

लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

महुली लघुवित्तको सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

शुक्रबार, ११ असार २०७८, ११ : ३३

प्रतिक्रिया