चार कम्पनीका संस्थापक शेयर बिक्रीबाट १५ करोड प्रिमियम संकलन गर्दै प्रुडेन्सियल क्यापिटल

शुक्रबार, ११ असार २०७८, १४ : १२

काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीका ५ लाख ३० हजार कित्ता संस्थाक शेयर बिक्रीबाट १४ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गर्ने भएको छ ।

कम्पनीले असार ११ देखि १७ गतेसम्म आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।

जसअनुसार प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता रहेको छ ।

उक्त शेयरहरु न्यूनतम मूल्यमा बिक्री गर्दा प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टलाई प्रभु बैंकको शेयरबाट न्यूनतम १ करोड २५ लाख, नेशनल लाइफको शेयरबाट ९ करोड, ग्रामीण विकास लघुवित्तबाट २ करोड १० लाख र प्राइम कमर्सियल बैंकको शेयर बिक्रीबाट २ करोड ५५ लाख रुपैयाँ प्रिमियम आम्दानी गर्ने भएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शुक्रबार, ११ असार २०७८, १४ : १२

प्रतिक्रिया