कृषि विकास बैंकले पायो १२ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति

शुक्रबार, ११ असार २०७८, १४ : ४५

काठमाडौं - कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ ।  बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति पाएको हो ।

बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते सेबोनबाट अनुमति पाएको छ । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । 

साथै बैंकले ४ प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको अवधि ९ वर्ष रहेको छ ।

बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शुक्रबार, ११ असार २०७८, १४ : ४५

प्रतिक्रिया