सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो, कति ?

शुक्रबार, ११ असार २०७८, १५ : ५६

काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७८ साल जेष्ठ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रूपैयाँ ९० पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तको तुलनामा एक रूपैयाँ १५ पैसाले बढेको हो । 

वैशाख मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रूपैयाँ ७५ पैसा रहेको थियो । त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी २ अर्ब १६ करोड २३ लाख ८ हजार ९ सय १० रूपैयाँ पुगेको छ । 

उक्त लगानी वैशाख मसान्तको तुलनामा ५५ करोड रूपैयाँ भन्दा धेरै हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ६१ करोड १८ लाख ७६ हजार ८ सय ७३ रूपैयाँ लगानी गरेको थियो ।

शुक्रबार, ११ असार २०७८, १५ : ५६

प्रतिक्रिया