३८ वटा बीमा कम्पनीद्धारा १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन

शुक्रबार, ११ असार २०७८, १७ : ०१

काठमाडौं - ३८ वटा बीमा कम्पनीले चालु आवको ११ महिनामा १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ३८ बीमा कम्पनीले कुल एक खर्ब २८ अर्ब ८६ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार ११ महिनामा जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत १ खर्ब २ अर्ब लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ कुल २६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ ।


 

शुक्रबार, ११ असार २०७८, १७ : ०१

प्रतिक्रिया