काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकास्थित लामोसाँघु बजारमा बैंकको २४औं शाखा स्थापना गरी आजबाट बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए । हालसम्म कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयवासीलाई सघन वित्तिय पहुँच पुर्याउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको हो ।
प्रतिक्रिया