बोर्डले दियो आरविवि म्यूचुअल फण्ड १ निष्कासनकोे अनुमति, समयावधि कति ?

शुक्रबार, ११ असार २०७८, १८ : १४

काठमाडौं - धितोपत्र बोर्ड (सेबोन) ले आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई निष्कासन गर्न अनुमति दिएको हो ।

यस योजनाको आकार एक अर्ब रूपैयाँ रहेको छ । यसको समयावधि सात वर्षको रहनेछ ।

शुक्रबार, ११ असार २०७८, १८ : १४

प्रतिक्रिया