काठमाडौं - एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।
फण्डले सार्वजनिक गरेको २०७८ जेठ मसान्तको खुद सम्पत्ति विवरणले यस्तो देखाएको हो । जेठ मसान्तमा एनआईबिएल प्रगति फण्डको न्याभ १८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
वैशाख मसान्तमा यो फण्डको न्याभ १७ रुपैयाँ ३९ पैसा रहेको थियो । वैशाख मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १ रुपैयाँ ४९ पैसाले बढेको छ।
सो अवधिमा फण्डले सूचीकृत सेयरमा १ अर्ब १० करोड १८ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ । वैशाख मसान्तमा फण्डले १९ करोड ३३ लाख ४८ हजार रुपैयाँ लगानी गरेको थियो ।
एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १४ करोड ८५ लाख ५० हजारले बढेको छ । यस अवधिमा फन्डले १०० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
प्रतिक्रिया