बिक्रीमा आयो फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर, मूल्य कति ?

आइतबार, १३ असार २०७८, ०९ : ४२

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा आजदेखि साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ४५ तोकिएको छ । त्यसैले, लगानीकर्तालेसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

कम्पनीको सेयर विक्री बिओके क्यापिटल लिमिटेड रहेको छ । 

आइतबार, १३ असार २०७८, ०९ : ४२

प्रतिक्रिया