निष्काशन सुरु भएको ४ दिनमै एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डका सबै इकाई बिक्री

आइतबार, १३ असार २०७८, १४ : ०४

काठमाडौं - निष्काशन सुरु भएको ४ दिनमा नै एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्सका सबै इकाई बिक्री भएको छ ।  

फण्डका इकाईहरु असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन गरिएको थियो । शनिबारको बिदा समेत गर्दा निष्काशन सुरु भएको चौथो दिनको मध्यान्ह १ बजेसम्ममा सबै इकाई बिक्री भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालन गरेको इण्डेक्स फण्ड १ अर्व आकारको तेश्रो बन्द मुखी योजना हो ।

३ कार्यदिनको दिउँसो १ बजेसम्ममा ५४ हजारभन्दा बढी आवेदकबाट शतप्रतिशत इकाई बिक्री भएको क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको सार्वजनिक निष्काशनमा असार १४ गते सोमबार साझ ५ बजे सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

आइतबार, १३ असार २०७८, १४ : ०४

प्रतिक्रिया