नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्व. पदम राज पन्तको मृत्यु दावी भूक्तानी गरेको छ ।कम्पनीले डढेलधूरा स्थित आफनो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी पन्तको मृत्यु दावी भूक्तानी गरेको हो ।
पन्तले सन २०२१ फेब्रूअरी २२ मा रु.७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिर्क जीवन वीमालेख खरीद गरेका थिए । पन्तको २०२१ मार्च ६ मा जिप दुर्घटना भई मृत्यु भएपछि कम्पनीले वीमा दावी वापत १ करोड २४ लाख ४८ हजार प्रदान गरेको हो ।
।कम्पनीले पन्तको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो ।
प्रतिक्रिया