काठमाडौं - ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्नेछन् ।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका थिए।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशत सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ ।
प्रतिक्रिया