काठमाडौं, राधी विद्युत् कम्पनी लिमिटेडले सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी छिन् । उनी मोरंग इनर्जी प्रालिको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक चयन भएकी हुन् ।
यसअघि मोरंग इनर्जी प्रालिको तर्फबाट विनयकुमार तोदीले प्रतिनिधित्व गर्दै आइरहेकोमा कम्पनीले उनलाई फिर्ता बोलाएर श्रेष्ठलाई नियुक्त गरेको पत्राचार गरेको थियो ।
सोही अनुसार रशना श्रेष्ठलाई असार ११ गतेदेखि लागू हुनेगरी सञ्चालक चयन गरिएको हो ।
प्रतिक्रिया