काठमाडौं, कृषि विकास बैंकलाई १२ अर्ब रुपैयाँ बराबरको १ करोड २० लाख इकाई बन्ड जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरको बन्ड जारी गर्न लागेको हो ।
बैंकले सम्पूर्ण इकाई प्राइभेट प्लेसमेन्ट गर्ने जनाएको छ । अर्थात, बैंकले सम्पूर्ण इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सर्वसाधारणले यसमा आवेदन दिन पाउँदैनन् । कृषिले ‘४ प्रतिशत एग्रिकल्चरल बन्ड ८–९ वर्ष बिक्री गर्न लागेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । कृषि विकास बैंकको बन्डमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रतिक्रिया