राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

सोमबार, १४ असार २०७८, ०९ : २१

काठमाडौं - राधी विद्युत् कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा असार २९ गते कम्पनीको केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६।५ प्रतिशत बोनस सेयर ९कर बाहेक० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

सोमबार, १४ असार २०७८, ०९ : २१

प्रतिक्रिया