१ अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट--३० फण्डमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, १४ असार २०७८, ०९ : ४५

काठमाडौं - एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

फण्डले असार १० गते बिहिबारबाट बिक्रि खुल्ला गरेको उक्त इकाईमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । 

जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । 

सोमबार, १४ असार २०७८, ०९ : ४५

प्रतिक्रिया