काठमाडौं - एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रूपैयाँ ०५ पैसा पुगेको छ ।
फण्डले सार्वजनिक गरेको २०७८ साल जेठ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणले यस्तोे देखाएकोे हो । उक्त मूल्य वैशाख मसान्तको तुलनामा एक रूपैयाँ २२ पैसाले बढेको हो ।
वैशाख मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रूपैयाँ ८३ पैसा रहेको थियो । त्यसैगरी, जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ८७ करोड ७० लाख १५ हजार रूपैयाँ पुगेको छ ।
उक्त लगानी वैशाख मसान्तको तुलनामा ११ करोड रूपैयाँ भन्दा धेरै हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७६ करोड ६९ लाख ९५ हजार रूपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
प्रतिक्रिया