काठमाडौं, राष्ट्रिय बीमा संस्थानबाट प्रवाह भइरहेका बीमा सेवा तीन दिनका लागि बन्द हुने भएको छ ।
संस्थानले नयाँ सफ्ट्वेयर लागू गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन गर्ने कार्य गर्नुपर्ने भएकाले कम्पनीबाट हुने सेवा तथा कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।
असार १६ गते बुधवारदेखि १८ गते शुक्रवारसम्म संस्थानको प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द हुनेछ ।
प्रतिक्रिया