शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह

सोमबार, १४ असार २०७८, १४ : ०१

काठमाडौं - सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापिटल तथा बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले सिद्धार्थ क्यापिटल लिमिटेड तथा सिद्धार्थ बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ-सेवा, आइएमई पे, खल्ती, प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । 

सोमबार, १४ असार २०७८, १४ : ०१

प्रतिक्रिया