राष्ट्र बैंकले रु. २१.१० अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

सोमबार, १४ असार २०७८, १५ : ३४

काठमाडौं, नेपाल राष्ट्र बैंकले रु. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । 

राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि रू. ११ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । 

त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको अवधिको लागि रू. १० अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुनेछ ।  उक्त ट्रेजरी बिल २०७८ असोज १२ गते परिपक्व हुनेछ ।

सोमबार, १४ असार २०७८, १५ : ३४

प्रतिक्रिया