आज जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

मंगलबार, १५ असार २०७८, ०८ : ४१

गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

पहिलो दिनमै मागभन्दा ५ गुणा बढी आवेदन परेको उक्त कम्पनीले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागेको हो । छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । आइतवार साझसम्म मागभन्दा १२ गुणा बढी आवेदन परिसकेको छ ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि छुट्याईएको रू। १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू। ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
 
यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू। ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू। ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 


 

मंगलबार, १५ असार २०७८, ०८ : ४१

प्रतिक्रिया