एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच ओटा कम्पनीको संस्थापक शेयर आज (मंगलवार)देखि लिलामीमा आएको छ ।
बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५८ हजार ५६८ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९९६ कित्ता संस्थापक शेयर असार २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता रू। ५३१, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ७३०, नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० मूल्य तोकिएको छ ।
बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी महुली लघुवित्त वित्तीय संस्थाको शेयरमा न्यूनतम ५०० कित्ता र अन्यको न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
उल्लेखित कम्पनीको शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले यी कम्पनीहरुले असार १५ गतेपछि सार्वजनिक गर्ने लाभांशसँगै हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी दिएको छ । यी सबै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया