गुँरास लाइफका सञ्चालक तोदीद्धारा राजिनामा

मंगलबार, १५ असार २०७८, १२ : ३३

काठमाडौं, गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । 

असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

उनले  असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । 

मंगलबार, १५ असार २०७८, १२ : ३३

प्रतिक्रिया