भोलिदेखि तीन दिनका लागि  सिभिल बैंकको एटीएम सेवा बन्द

मंगलबार, १५ असार २०७८, १४ : ०३

काठमाडौं, सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ ।

 मंगलवार एक सूचना जारी गर्दै कम्पनीले एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो । 

कम्पनीका अनुसार असार १६ गते  ५ बजेदेखि १८ गते बिहान ५ बजे सम्म एटीएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने भएको छ । यस्तै सो मिति पश्चात एटीएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्तसम्ममा एटीएम टर्मिनलहरु  अवरुद्ध हुन सक्ने पनि कम्पनीले बताएको छ ।

सो अवधिमा कम्पनीको एटीएम कार्ड हिमालयन बैंक लिमिटेडको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा नि स् शुल्क प्रयोन गर्न सकिने कम्पनीले बताएको छ । 

Image Not Found

मंगलबार, १५ असार २०७८, १४ : ०३

प्रतिक्रिया