काठमाडौं, यातायात व्यवस्था विभागले ट्रायल परिक्षा केन्द्रलाई व्यवस्थित गर्न नयाँ तरिका अपनाउने भएको छ । विभागले ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टम (टिएसएमएए) नामक सफ्टवयर लन्च गरी परिक्षा केन्द्रलाई प्रविधि मैत्री बनाउन लागेको हो ।
हालसालै सार्वजनिक भएको वेभ एप्लिकेसन कार्यालय प्रयोजनका लागी हो भने मोबाइल एप फिल्डमा खटिने यातायातका कर्मचारीको लागी हो ।
विभागले यो प्रणाली लागू गरिसकेपछि हालसम्म भएका सम्पूर्ण कागजी डकुमेन्ट मोबाइल एप तथा बेभ एप्लिकेशनमा अब रुपान्तरण हुने छ । जसले गर्दा सेवाग्राहीको सम्पूर्ण विवरण प्रविधिको प्रयोग मार्फत आउने छन ।
ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टममा कति संङ्ख्यामा कुन कुन क्याटोगोरिका सेवाग्राहीले ट्रायल परिक्षा दिने, फोटो खिचाउने र प्रविधिको प्रयोग गरी डेटा समेत राखिने छ ।
यसअघि एक व्यक्तिको नाममा अर्को व्यक्तिले पनि आएर ट्रायल परिक्षा दिने गरेका थिए । अब भने यो प्रणालीले यस्ता विकृतिलाई पूर्णरुपमा विस्थापित गर्ने छ ।
फोटो खिचिसकेपछि सवारी नम्बर एसाइन गरी ट्रायल दिन सुरु गर्ने छ । यो प्रणाली ए, बी र के क्याटगोरीमा लागू हुनेछ ।
कसरी हुन्छ मुल्याङ्कन ?
बेभ एप्लिकेशन र मोबाइल एपले ट्रायल परिक्षालाई पाँच भागमा विभाजन गरेको छ ।
यातायात विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलका अनुसार पहिलो चरणमा घुमाउरो आठ, दोस्रो ट्राफिक लाइट, तेस्रो यूटर्न, चौथो उकालो÷ओरालो र गाडीको हकमा एल व्याक क्याटागोरी छुट्याइएको हुन्छ ।
यी पाँच ओटै स्टेपमा यातायातका कर्मचारीले मोबाइल एपको माध्यमबाट मुल्याङ्कन गर्न बसेका हुन्छ । पहिले सोहि स्टेपमा ट्राफिक प्रहरी बसेका हुन्थे ।
त्यहाँ बसेका प्रत्यक कर्मचारीलाई मोबाइल एपको पासवर्ड दिएको हुन्छ जहाँ आफनो क्षेत्राधिकार, सेक्टर भित्रको मात्रै सेवाग्राहीले दिएको ट्रायल मुल्याङकन गर्न पाउने अधिकार उनीहरुलाई दिइएको हुन्छ ।
सेवाग्राहीले ट्रायल दिने क्रममा तोकिएको निमय भन्दा बहिर गएर अर्थात आठको घेरा दुई पटकसम्म छोए मोबाइल एप मार्फत नै उसको नम्बर घट्ने छ । जतिचोटि गल्ती भयो मोबाइल एपले त्यतिनै उसको मार्किङ गर्दै जाने यातायात विभागले जनाएको छ ।
ट्रायल सकिएपछि सेवाग्राहीले कहाँ कहाँ गल्ती र फेल भएको समेत देखाइने र कहाँ कहाँ पोइन्ट घट्यो भनेर रिपोर्ट समेत उपलब्ध हुने छ । यो प्रणाली अगामी साउनबाट लागू गर्ने विभागको तयारी छ ।
हाल यो प्रणाली विभागले यातायात कार्यालय तथा परिक्षा केन्द्रमा परिक्षण गरिरहेको छ ।
प्रतिक्रिया