काठमाडौं - नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सिभिल बैंक तथा ती बैंकको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, तथा सञ्चालकरूलाई कारवाही गरेको छ ।
चालु आवमा हालसम्म ६ बैंकले नियामक निकाय राष्ट्र बैंकको कारवाहीमा परेकोमा पछिल्लो तेस्रो त्रैमासमा प्रभु र सिभिल बैंक कारवाहीमा परेका हुन् ।
नेपाल राष्ट्र बैंक ९नियामक निकाय० को निर्देशन विपरीत कारोबार गरेको भन्दै ती बैंक र बैंकका जिम्बेवार पदाधिकारी कारवाहीमा परेका हुन् ।
स्थलगत अनुगमनका क्रममा तोकिएको नियम विपरीत काम गरेको पाइएको केन्द्रीय बैंक बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।
चालु आवको अवधिमा पछिल्लो समय (तेस्रो त्रैमास) मा दुई वाणिज्य बैंक पहिलो पटक कारवाहीमा परेका हुन् । यसअघि अन्य बैंक पनि केन्द्रीय बैंकको कारवाहीमा परेका थिए ।
यसअघि चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक कारवाहीमा परेका थिए ।
चालु आवको पहिलो त्रैमासमा लक्ष्मी बैंकले पनि केन्द्रीय बैंकले कारवाही भोगेको थियो । राष्ट्र बैंकले गरेको स्थलगत अनुगमनका क्रममा तोकिएको नियम विपरीत काम गर्ने बैंकहरूलाई कारवाही गरेको थियो ।
प्रतिक्रिया