डाबर नेपालको नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा

२ बर्ष अगाडि

डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख एच।एस। बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं। १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्यूनो म्याङ्गो प्लस एउटा स्वास्थ्य वद्र्धक र ज्यादै मीठो आँपको जुस भएको र पावर अफ फाइभले भरिपूर्ण रहेको पनि उनले बताए । 

रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्व गन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको दावी छ । 

डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र। गोर्खालीले अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई समय अनुकुल मानेर ज्यादै मन पराएको बताए ।

फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको पनि कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया