मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ६२ गुणा बढी आवेदन,कति कित्ताको माग ?

आइतबार, २० असार २०७८, १८ : १७

काठमाडौं,  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ६२ गुणा बढी आवेदन परेको छ । खरीद गर्ने असार २१ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६२.५२ गुणा बढी आवेदन हो । 

सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागेको हो । असार २१ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा असार ३१ गतेसम्म आईपीओ विक्री गर्ने मिति तय गरिएको थियो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
 

आइतबार, २० असार २०७८, १८ : १७

प्रतिक्रिया