मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिन आज अन्तिम दिन, १७ लाख बढीले दिए आवेदन

सोमबार, २१ असार २०७८, ०७ : ३२

काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर ९आईपीओ० मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । आईपीओमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले असार १७ गतेबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आजसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । 

संस्थाको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । हिजो आइतबार साँझसम्म उक्त आईपीओमा १७ लाख भन्दा बढीले आवेदन दिएका छन् । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइतबार बेलुका ५ बजेसम्ममा १७ लाख २५ हजार ६ सय ७८ जना आवेदकबाट २ अर्ब २७ करोड २६ लाख ८९ हजार रूपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको छ ।

सोमबार, २१ असार २०७८, ०७ : ३२

प्रतिक्रिया