दुई कम्पनीको सेयर नेप्सेमा सुचिकृत, कुनको कति कित्ता ?

सोमबार, २१ असार २०७८, ११ : ३७

काठमाडौं - दुई वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ । नेप्सेका अुनसार सांग्रिला डेभलपमेन्ट बैंक र २ मिर्मिरे लघुवित्त वित्तिय संस्थाको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो  । 

जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर रहेको छ । 
 
दुवै कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार, २१ असार २०७८, ११ : ३७

प्रतिक्रिया