काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमवार साढे १ बजेको अवधिमा अप्पर तामाकोशी जलविद्युतको करिब १ लाख १२ हजार खरिद विक्री भएको छ ।
कम्पनीको सो अवधीसम्म १ लाख ११ हजार ८२० कित्ता शेयर खरिद विक्री भएको छ ।
कम्पनीको रू.८ करोड ७२ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३.०६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ७६० पुगेको छ ।
उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग २१ हजार ४४१ रहेको छ भने विक्री माग १ लाख ६ हजार ९०३ रहेको छ ।
आजबाट अप्पर तामाकोशिमा ७६ मेगावाट बिजुली उत्पादन हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।
प्रतिक्रिया