सोमबार यी ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कति ?

सोमबार, २१ असार २०७८, १५ : ३२

काठमाडौं, साताको दोस्रो दिन सोमवार पाँच ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

सोमबार गोखार्ज फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक ,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स,नेशनल हाइड्रोपावर कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । ती कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको हो । 

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता  रू। १ हजार ३० मा झरेको छ । त्यसैगरी कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ५.१८ प्रतिशत, गुहेश्वरी मर्चेण्टको ४.७३ प्रतिशत,नेशनल हाइड्रोपावरको ४.३९ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४.१८ प्रतिशतले घटेको हो ।

कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ३११,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू.४४३, नेशनल हाइड्रोपावरको रू.३०५ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य रू. १ हजार ७८ कायम भएको छ । 

सोमबार, २१ असार २०७८, १५ : ३२

प्रतिक्रिया