काठमाडौं, साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक ११.७८ अंक घटेर २८२२.७३ विन्दुमा झरेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०४ अंक, फ्लोट इण्डेक्स १.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५ अंक घटेको छ।
यस दिन साढे ४ अर्ब ५८ करोड २२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ। यस दिन २२४ कम्पनीको ५२ हजार ८४६ पटकको कारोबारमा ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.९ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.६१ प्रतिशत बढेको छ। बाँकी उपसमूहका वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।
सोमबार वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६१ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंकको २.३७ प्रतिशत, जलविद्युतको १.८९ प्रतिशत, होटल तथा पर्यटनको १.५८ प्रतिशत र निर्जीवन बीमाको १.१२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्य
नेप्से परिसूचक ओरालो लागेपनि यस दिन विशाल बजार कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यस दिन ५३४ रुपैयाँ बढेर ५ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य ८ प्रतिशत बढेको छ।
प्रतिक्रिया