आरएमडीसी लघुवित्तको शेयर बाँडफाँड, कति कित्ता शेयरका लागि आवेदन ?

सोमबार, २१ असार २०७८, १६ : ०८

काठमाडौं, फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको शेयर बाँडफाँड भएको छ । फरवार्डले आरएमडीसीको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमध्ये ३ लाख ७४ हजार कित्ता शेयरमा मात्र आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । जसमा १८ जनाले आवेदन दिएका छन् । 
 
यता, बाँकी रहेको सेयर पुनः लिलामीमा ल्याउने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले असार ३ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको थियो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको थियो । 

सोमबार, २१ असार २०७८, १६ : ०८

प्रतिक्रिया