जीवन विकासको आईपीओ बाँडफाँड बिहीबार, १८ लाख ९९ हजार आवेदकको हात खाली !

मंगलबार, २२ असार २०७८, ०८ : ०५

काठमाडौं - जीवन विकासको आईपीओ बाँडफाँड असार २४ गते बिहीबार हुने भएको छ । असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा आवेदक संख्या उच्च हुँदा ९ प्रतिशत अर्थात १०० जना आवेदकमध्ये ९ जनाले मात्र शेयर पाउने आंकडा गरिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुने आईपीओ १ लाख ८४ हजार ८०१ ज्ना आवेदकले गोलाप्राथबाट शेयर पाउनेछन् । प्रारम्भिक तथ्याङ्क अनुसार आईपीओमा २० लाख ८४ हजार ७६२ वटा आवेदन परेको छ । 

यसअनुसार कुल आवेदकको ९१ प्रतिशत अर्थात १८ लाख ९९ हजार आवेदकको हात यस सार्वजनिक निष्काशनमा खाली हुनेछ । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले सर्वसाधारणबाट १८ लाख ४८ हजार १५ कित्ताका लागि माग गरेकोमा १६.९२ गुणा बढी माग परेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको शेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ताको माग भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् भने यीनै आवेदकमध्ये भाग्यशाली ५ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाउनेछन् ।

मंगलबार, २२ असार २०७८, ०८ : ०५

प्रतिक्रिया