टीसीएल ब्रान्डका वासिङ मेसिन नेपाली बजारमा के के छन् विषेशता

२ बर्ष अगाडि

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले नेपाली बजारमा वासिङ मेसिन भित्र्याएको छ । 

टीभी, एयर कन्डिसनर्स तथा वासिङ मेसिनका लागि निकै प्रचलित र रुचाइएको नाम हो टीसीएल । आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपंक्तिमा रहेको टीसीएलले हालसालै नयाँ मोडलका वासिङ मेसिनहरु बजारमा ल्याएको हो ।

फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् । फ्रन्ट लोडिङ वासिङ मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानी मै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ । 

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधि भित्रै लुगा धुन मिल्ने यस वासिङ मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ । बीएलडीसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको पीसीबी वारेन्टी रहेको छ । पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया