गुराँस लाइफको सेयर संरचना परिवर्तन हुँदै, परिवर्तन गर्न नचाहाने शेयरधनीलाई लिखित जानकारी गराउन अनुरोध

शनिबार, २६ असार २०७८, ११ : ३६

काठमडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको हो ।  

कम्पनीले एक सुचना जारी गर्दै बीमा समितिको स्वीकृति बमोजिम संस्थापक सेयरको अनुपात ७० प्रतिशत रहेकोमा ६० प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक सेयर कायम गरी बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको जानकारी दिएको छ ।

त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सोही अनुसारको स्वस्घोषणा गरी यस सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन पनि अनुरोध गरेको छ ।

शनिबार, २६ असार २०७८, ११ : ३६

प्रतिक्रिया