सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत, कहिलेबाट ?

आइतबार, २७ असार २०७८, ०७ : ०९

काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात् असार २९ गतेबाट एकिकृत कारोबार सुरू गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको छ । दुवै कम्पनीको जेठ १४ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका छन् । 

कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार २५ गते स्वीकृती प्रदान गरेको छ । प्राप्तिपश्चात 'सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड'को नामबाट एकिकृत कारोबार सुरू हुनेछ ।

आइतबार, २७ असार २०७८, ०७ : ०९

प्रतिक्रिया