महुली लघुवित्तको शेयरमा आजदेखि आवेदन दिन सकिने

आइतबार, २७ असार २०७८, ०८ : ०३

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक तर्फको शेयर बिक्री खुला गरेको छ ।

एन आई सी एशियाको स्वामित्वमा रहेको ५३ हजार ७० कित्ता शेयर कम्पनीले बिक्री गर्न लागेको हो । कम्पनीले प्रति कित्ता रु.७५२ रुपैयाँ मूल्य तोकेको छ ।  

आज ( असार २७ गते ) बाट बिक्री खुला गरेको उक्त शेयरमा आगामी असार ३१ गते सम्म आवेदन पेश गर्न सकिने छ ।

शेयर विद्यमान संस्थापक, जो कँही व्याक्ति , कम्पनी, संघ संस्थाहरूले खरिद गर्न सक्ने छन् ।

शेयर आवेदन एन आई सी एशिया क्यापिटल बबरमहलमा दिन सकिने कम्पनीले जनाएको छ ।
 

आइतबार, २७ असार २०७८, ०८ : ०३

प्रतिक्रिया