आरएमडीसी लघुवित्तको शेयर आजदेखि बिक्रीमा, असार ३१ गते सम्म आवेदन दिन सकिने

आइतबार, २७ असार २०७८, ०८ : १५

काठमाडौं– एनआई सी एशियाको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक तर्फको शेयर बिक्री खुला भएको छ ।

प्रति कित्ता रु.४७३ रुपैयाँ मूल्य तोकी ३ लाख ७३ हजार ७६५ कित्ता शेयरको कम्पनीले आवेदन माग गरेको हो ।

आज ( असार २७ गते) देखि आवेदन खुला गरेको कम्पनीको शेयरमा आगामी असार ३१ गते सम्म आवेदन पेश गर्न सकिने छ ।

आवेदन एन आई सी एशिया क्यापिटलको कार्यालय बबरमहलमा दिन सकिने कम्पनीले जनाएको छ ।

आइतबार, २७ असार २०७८, ०८ : १५

प्रतिक्रिया