प्रिमियर इन्स्युोरेन्सले ल्यायो शेयर बिक्रीमा, आजदेखि आवेदन दिन सकिने

आइतबार, २७ असार २०७८, ०८ : ३९

काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएको छ ।

प्रति कित्ता रु.५५० मूल्य तोकी कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता शेयरको आवेदन खुला गरेको हो ।

आज (असार २७ गते) बाट आवेदन खुला गरेको कम्पनीको शेयरमा आगामी साउन ८ गते सम्म आवेदन पेश गर्न सकिने छ ।

आइपिओको विद्यमान संस्थापक, जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले खरिद गर्न सक्ने छन् ।

आवेदन एन आइ सी एशिया क्यापिटल बबरमहलमा दिन सकिने कम्पनीले जनाएको छ ।
 

आइतबार, २७ असार २०७८, ०८ : ३९

प्रतिक्रिया