नेको इन्स्योरेन्सले असार ३१ गते डाकेको साधारण सभा, बोनस प्रस्ताव ?

आइतबार, २७ असार २०७८, ११ : ३३

काठमाडौं, नेको इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीले १५.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । 

नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
 
यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । साधारण सभा नेकोको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । 

आइतबार, २७ असार २०७८, ११ : ३३

प्रतिक्रिया