बाँडफाँड भयो अरुण भ्यालीको अवितरित हकप्रद

आइतबार, २७ असार २०७८, ११ : ५६

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गतेबाट असार १६ गते सम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

बाँडफाँड गर्दा अन्तिम कटअफ मूल्य ३८७ रूपैयाँ ७१ पैसा कायम भएको थियो । सो वा सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले सेयर पाउने छन् ।  सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी असार २८ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ । 

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । 

आइतबार, २७ असार २०७८, ११ : ५६

प्रतिक्रिया