नेपाल ईन्भेष्टमेन्ट बैंकले ल्यायो लगानी गर्ने नयाँ योजना, ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने

आइतबार, २७ असार २०७८, १३ : ४४

काठमाडौं - नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।

नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरूको लागि ल्याएको हो । 

यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरूलाई रु। ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०५ छुट पनि दिइने छ । 

साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा रु। १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुप्रे्रै सुविधा दिइने बताएका छन् ।

थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बर : ९०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ ।

आइतबार, २७ असार २०७८, १३ : ४४

प्रतिक्रिया