काठमाडौं - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गरी आजबाट एकीकृत कारोबार सुरु गरेको छ ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजी कोष ३२ अर्ब ६८ करोड रूपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १ सय ३५ वटा हुनेछ ब्त्ः संख्या भने १८३ हुनेछ ।
निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ ।
प्रतिक्रिया