काठमाडौं, कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा आइतबार आफ्नो १२८ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
यो संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। २७ का अध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका थिए ।
उक्त समारोहमा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो । सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया