काठमाडौं, नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असोज २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष २७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ८ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असार २८ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (असार २८ गते दिउँसो ३ बजे बोलकबोल भएर भोलि असार २९ गते, मंगलबार बिक्री हुनेछ ।
प्रतिक्रिया