काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले वार्षिक साढे ८.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्र २०८८ निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले आज अर्थात (असार २८ गतेदेखि) देखि १० वर्ष अवधि रहेको ऋणपत्र खुलाएको हो
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३१ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ११ गतेसम्म लम्बिनेछ।
न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि ऋणपत्रमा आवेदन दिन सकिने छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया