नेशनल माइक्रोफाइनान्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने

सोमबार, २८ असार २०७८, ०७ : ५६

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको शेयर खरिदका लागी आवेदन खुला गरेको छ ।

कम्पनीले प्रति कित्ता रु.१ हजार २२ रुपैयाँ मूल्य तोकी ७६ हजार ५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

आइपिओमा आज (असार २८ गते) देखि आगामी असार ३० गते सम्म आवेदन दिन सकिने छ ।

शेयर खरिदकर्ताहरूले बिक्री प्रबन्धक रहेको श्री आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकुमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

न्यूनतम १०० कित्ता शेयर खरिद गर्न सक्ने गरी आइपिओ खुलाएको कम्पनीले जनाएको छ । 
 

सोमबार, २८ असार २०७८, ०७ : ५६

प्रतिक्रिया